Safal Khabar - बार काउन्सिलकी पहिलो महिला अध्यक्ष छानिएकी यादवको गोली हानी हत्या
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
बार काउन्सिलकी पहिलो महिला अध्यक्ष छानिएकी यादवको गोली हानी हत्या
बिहिबार, ३० जेठ २०७६, ०९ : २५
बार काउन्सिलकी पहिलो महिला अध्यक्ष छानिएकी यादवको  गोली हानी हत्या

एजेन्सी । दुई दिनअघि उत्तर प्रदेशको बार काउन्सिलकी पहिलो महिला अध्यक्ष छानिएकी दरवेश यादवको बुधबार साथी अधिवक्ताले गोली हानी हत्या गरेका छन् ।
हमला गर्ने अधिवक्ता मनिष बाबु शर्माले पनि आफूलाई गोली हानेका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ र स्थिती गम्भिर बताइएको छ । दरवेश बार काउन्सिलका २४ सदस्यमध्ये एक्ली महिला थिइन् ।

दरवेशको स्वागतको कार्यक्रम थियोः

भारतीय संचार माध्यमका अनुसार बुधबार अदालतको परिसरमा दरवेशको स्वागत कार्यक्रम थियो । कार्यक्रमपछि उनी वरिष्ठ अधिवक्ता अरविन्द कुमार मिश्राको चेम्बरमा बसेकी थिइन् ।

स्थानीय पत्रकार विवेक कुमार जैनका अनुसार बुधबार दिउँसो करिब तीन बजे युपी बार काउन्सिलकी अध्यक्ष दरवेश यादव र अधिवक्ता मनिष शर्माबीच केही विषयमा विवाद भयो । आगराका असिस्टेन्ट डिरेक्टर जनरल अजय आनन्दका अनुसार विवाद यति बढ्यो कि अधिवक्ता मनिष शर्माले दरवेश यादवलाई तीन पटक गोली हाने ।

अवकाशप्राप्त डिएसपीकी छोरी थिइन् दरवेशः

दरवेशका पिता डिएसपी थिए । दरवेश सन् २०१६ मा बार काउन्सिलकी उपाध्यक्ष र सन् २०१७ मा कार्यकारी अध्यक्ष पनि भइन् ।

प्रतिक्रिया दिनुहोस