Safal Khabar - बोइङ ७३७ म्याक्सले यो महिना पनि पाएन जहाजको अर्डर
बुधबार, ०१ असोज २०७६ (Wednesday, 18 September, 2019)
बोइङ ७३७ म्याक्सले यो महिना पनि पाएन जहाजको अर्डर
बुधबार, २९ जेठ २०७६, १३ : ००
बोइङ ७३७ म्याक्सले यो महिना पनि पाएन जहाजको अर्डर

एजेन्सी । मे महिनामा बोइङले कुनै व्यवसायिक विमानको अर्डर पाएन । यस अघिको महिनामा पनि उसले विमान अर्डर पाएको थिएन । बोइङको सबैभन्दा अत्याधुनिक र चर्चित जेट ७३७ म्याक्सका ठूल्ठूला दुर्घटना भोगेको अवस्थामा बोइङले लगातार दोस्रो महिना अर्डर नपाएको हो  ।

अर्को हप्ता वार्षिक हवाई व्यापार प्रदर्शनी ‘पेरिस एअर शो’ आयोजना हुँदैछ । त्यसमा बोइङ र उसको प्रतिस्पर्धी एयरबसले आफूले पाएको अर्डर घोषणा गर्ने गर्छन् । धेरै अर्डर यही प्रदर्शनीमा हुने भएकाले मेमा नयाँ अर्डर कम नै हुने गर्छ ।

तथापी, अघिल्लो वर्ष यही अवधि (मे महिना)मा बोइङले ४३ जेट विमानको अर्डर पाएको थियो । तीमध्ये २१ वटा अर्डर ७३७ म्याक्सको लागि थियो ।

nic asia
Yeti Diistillery

लगातार दुई ठूला विमान दुर्घटनापछि बोइङको ७३७ म्याक्स मार्चको मध्यमा विश्वभरी ग्राउण्डेड गरिएको थियो । मार्च १० मा इथियोपियाको राजधानी अदिस अबाबाबाट उडेको ६ मिनेटपछि नै विमानको दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १४९ मारिए ।

त्यसको पाँच महिनाअघि सन् २०१८ अक्टोबर २९ मा पनि इण्डोनेशियामा बोइङको विमान दुर्घटना भएको थियो । इण्डोनेशियामा भएको दुर्घटना पनि सोही मोडलको जहाज संलग्न थियो ।

विमान इण्डोनेशियाको सुकार्नो–हत्ता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि नै जहाज समुन्द्रमा खसेको थियो । त्यस दुर्घटनामा पनि विमानमा सवार सबै १८९ मारिएका थिए ।

यी दुवै  दुर्घटनामा विमानको स्वचालिन सुरक्षा विशेषतामा समस्या देखिएको थियो । अहिले बोइङले उक्त विशेषता सुधार गरेर अमेरिकी संघीय निकायबाट स्विकृति  गराउन खोजेको छ ।

ग्राउण्डेड हुँदाको अवस्थामा पनि थोरै दरमा बोइङले ७३७ म्याक्सको निर्माण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस