Safal Khabar - उत्तर कोरियाली सेनापतीलाई नरभक्षी माछा भएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्ड
बुधबार, ०१ असोज २०७६ (Wednesday, 18 September, 2019)
उत्तर कोरियाली सेनापतीलाई नरभक्षी माछा भएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्ड
बुधबार, २९ जेठ २०७६, १२ : ४०
उत्तर कोरियाली सेनापतीलाई नरभक्षी माछा भएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्ड

एजेन्सी । उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतीलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।

डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।
उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ ।

सेनापतीलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।
सेनापतीलाई माछाले मार्‍यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस