विमान अपहरणको धम्की दिने सल्लालाई जन्मकैद र पाँच करोड जरिवाना

एजेन्सी

बुधबार, २९ जेठ २०७६, १० : ०१
विमान अपहरणको धम्की दिने सल्लालाई जन्मकैद र पाँच करोड जरिवाना

एजेन्सी । मुम्बईका एक व्यवसायीलाई विमान अपहरणको धम्की दिने मामलामा जन्मकैदको सजाय तोकिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार विशेष एनआईए अदालतले दोषीलाई पाँच करोड भारु जरिवाना तोकेको छ ।

अदालतले जरिवाना राशी त्यसदिन विमानका सवार चालक दल सदस्य र यात्रीलाई बाँड्न निर्देशन दिएको छ । विशेष एनआईए न्यायाधीस जज केएम दवेले व्यवसायी बिरजू सल्लालाई यस्तो सजाय तोकेका हुन् । घटना सन् २०१७ अक्टोबर को हो जब विमानमा सवार सल्लाले अंग्रेजी र उर्दू भाषामा लेखिएको धम्कीपूर्ण युक्त पत्र जेटको मुम्बईबाट दिल्ली गइरहेको फ्लाइट संख्या ९ डब्ल्यू ३३९ को टोइलेट टिश्यू पेपर बक्समा राखिएको थियो ।

पक्राउपछि सल्ला भारतका यस्ता व्यक्ति बनेका छन् जसलाई ‘नेशनल नो फ्लाई लिस्ट’ मा राखिएको थियो । अर्थात्, देशभरी कुनै पनि विमानमा यात्रामाथि प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस