कठोर थिएँ तर छोराप्रति गर्व छ : योगराज सिंह

एजेन्सी

बुधबार, २९ जेठ २०७६, ०९ : ४३
कठोर थिएँ तर छोराप्रति गर्व छ : योगराज सिंह

एजेन्सी । सोमबार सन् २०११ को विश्वकपका भारतीय नायक युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे। सन्यास घोषणा गरे लगत्तै क्रिकेटप्रेमीहरूले युवराज सिंहको क्रिकेटको योगदानको चर्चा गर्दै उनीप्रति सम्मान र सद्भाव प्रकट गरे।

उनको सन्यास घोषणाले थुप्रैलाई भावुकसमेत बनायो। यो सूचिमा उनका पिता योगराज सिंह समेत सामेल थिए। छोराको सन्यासमा उनी पनि भावुक बने। उनले युवराजको क्रिकेटको चर्चा गर्दै छोरासँग आफू कडा रहने गरेको बताए।

कठोर थिएँ तर छोराप्रति गर्व छ

उनले मंगलबार छोराप्रति आफ्नो रवैया कठोर रहने गरेको बताए। छोराप्रति गर्व गर्न सकियोस भनेर त्यसो गरेको उनको भनाइ छ। उनका अनुसार उनी केहि सावित गर्न चाहन्थे।

भारतका लागि युवराजका पिता योगराजले एक टेस्ट तथा ६ अन्तराष्ट्रिय एक दिवसीय क्रिकेट खेलेका छन्। चोटका कारण उनले यति खेलेरै क्रिकेटलाई बिदा भन्नुपरेको थियो। आफ्नो सपना छोराबाट पूरा भएको हेर्ने चाहनाले उनलाई छोराप्रति कठोर बनाएको हो।

ऊ जस्तो छोरा पाएकोमा म कृतज्ञ छु। म मेरो छोरालाई धन्यवाद दिन्छु र मैले जहिले पनि उसलाई मलाई ऊप्रति गर्व रहेको भन्ने गरेको छुु, योगराजले भने।

योगराजको जोडबलमा क्रिकेटमा आएका थिए

धेरैलाई थाहा नहुनसक्छ,युवराजले स्केटिङमा राष्ट्रियस्तरको पदक जितेका छन्। उनको पहिलो रोजाइमा क्रिकेट थिएन। योगराजले युवराजले जितेको मेडल फ्याँक्दै   जबरदस्ती क्रिकेटमा ल्याएका थिए। उनी छोरालाई क्रिकेटर बनाएर आफ्नो अधुरो सपना पूरा गर्न चाहन्थे।

ुयदि तिमीलाई म तिमीप्रति कठोर थिएँ जस्तो लाग्छ भने तिमीले बुझ्नुपर्छ म केहि साबित गर्न चाहन्थे। मलाई आशा छ तिमीले मलाई बुझ्नेछौुं, योगराजले अगाडि भने।

सानोमा नै युवराजका बाबुआमा एकअर्कासँग छुट्टिएका थिए। आफ्ना पितासँग उनको सम्बन्ध खासै राम्रो थिएन। युवराज आफ्नो आमासँग हुर्केका हुन्। युवराजलाई आफ्ना पिता योगराज डरलाग्दा ड्र्यागन जस्ता लाग्थे।

सन्यास अघिसम्म पनि युवराजको आफ्ना पितासँग खासै राम्रो सम्बन्ध थिएन। हाल बाबुछोराको सम्बन्धमा उस्तो चिसोपन छैन। नीजि जीवनमा यी दुबैबिच जेजस्तो भएपनि एक पिताका रूपमा योगराज सँधै युवराजको पक्षमा रहे। सन् २०१५ को विश्वकप टोलीमा धोनीले युवराजलाई नराखेपछि योगराजले धोनीको चर्को आलोचना गरेका थिए भलै यसबारेमा युवराजले धोनीलाई केहि भनेनन्।

प्रतिक्रिया दिनुहोस