एसइईको नतिजा असारको तेस्रो हप्ता आउने

सफल खबर संवाददाता

मंगलबार, २८ जेठ २०७६, १६ : १४
एसइईको नतिजा असारको तेस्रो हप्ता आउने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असारको तेस्रो हप्ता आउने भएको छ । राष्ट्रिय परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले उत्तरपुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्तामात्रै सार्वजनिक गर्नेगरी तयारी गरेको बताए । उनका अनुसार अहिले डाटा इन्ट्रीको काम भइरहेको छ ।

अघिल्ला वर्षमा असारको पहिलो वा दोस्रो हप्तामै नतिजा आउने गथ्र्यो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिनु र कर्मचारी समायोजनको कामका कारण यसवर्ष ८–१० दिन ढिला भएको अधिकारीले बताए । 

चैत १० बाट सञ्चालित एसइई परीक्षामा प्रदेश २ मा परीक्षा हुनुभन्दा अगावै प्रश्नपत्र बाहिरिएपछि रद्द गरिएका विषयको परीक्षा २२ चैतबाट सञ्चालन गरिएको थियो । परीक्षामा देशभरका चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस