युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

एजेन्सी

मंगलबार, २८ जेठ २०७६, १५ : ४६
युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

सांकेतिक तस्विर

किभ । युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । 

यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।
  
यस आगलागीमा नौ जनाले भने भागेर ज्यान बचाएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुःखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिनु भएको छ । 
युक्रेनमा आगलागीका घटना बारम्बार हुने गरेका छन् ।  (रासस/एएफपी)
 

प्रतिक्रिया दिनुहोस