Safal Khabar - मोदीको आडमा बस्नेतले खेदे कुलमान घिसिङलाई
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
घिसिङविरुद्ध विषवमन

मोदीको आडमा बस्नेतले खेदे कुलमान घिसिङलाई
सोमबार, २७ जेठ २०७६, १७ : ३७
मोदीको आडमा बस्नेतले खेदे कुलमान घिसिङलाई

काठमाडौं । राजनीतिक आडमा गुण्डागर्दीमात्रै गर्दै आएका महेश बस्नेतले प्रतिनिधि सभाको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध बोल्ने दुस्साहस गरे । त्यसका पछाडि अमनलाल मोदीको हात रहेको छ । मोदीले विराटनगरको एक सवस्टशेन बनाउन दिएका छैनन् । 
प्राधिकरण तथा स्थानीय उद्योगीसँग पैसाभन्दा अरु माग्दै नमागेको भन्दै आलोचनामा परेका मोदीले सार्वजनिक लेखा समितिको बैठकमा घिसिङविरुद्ध विषवमन गरेको भन्दै सामाजिक सञ्जालमा केहीले त श्रद्धान्जली नै दिए । ज्यूदो मान्छेलाई श्रद्धान्जली दिएको भन्दै  उनै बस्नेतले गत मंगलबार प्रतिनिधिसभाको बैठकमा बोले । 
मोदीले बोल्दा उनको विरुद्धमा जनमत देखिने भएकाले मोदीले नै बस्नेतलाई संसदमा बोल्न लगाएको बताइन्छ । यो कुराको पुष्टि समेत बस्नेतले गरेका छन् । अन्तरवार्ता गर्न प¥यो माननीय ज्यू भनेर फोन गर्दा उनले प्राधिकरणको विषयमा मोदी माननीयसँग कुरा गर्न भने । ‘मोदी माननीयले भनेको मानेको हुँ । कुलमानसँग मेरो लिन दिनु केही छैन’ बस्नेतले भने, ‘सो विषयमा कुरा गर्ने हो भने मोदी माननीयसँग नै कुरा गर्नु है ।’ 
प्रतिनिधिसभाको निर्वाचनको क्रममा विराटनगरमा उद्योगी तथा व्यवसायीले आफूलाई चन्दा नदिएको भन्दै मोदीले उनीहरुलाई सुविधा हुने गरी सवस्टेशन बनाउन दिन नहुने पक्षमा लागेका छन् । सवस्टेशन नभएका कारण विराटनगरको औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने वाध्यता आइलागेको प्राधिकरणको भनाइ छ । 
मोदीले प्राधिकरणसँग पनि पँच लाख घुस मागेको र उक्त रकम स्थानीयबासीलाई मिलाउन खर्च हुने बताएका थिए । अर्थ मन्त्रालयको प्रांगडमा समेत मोदीले कुलमानसँग भनाभन गरेका थिए । उनै मोदीले सार्वजनिक लेखा समितिलाई तिम्लाई देखाइदिन्छु भन्दै धम्की दिएको बताइन्छ । उनै मोदीले संसदमा खेताला लगाएर बस्नेतलाई बोल्न लगाए ।
‘मैले बोल्दा जनमत मेरो विरुद्धमा जाने भयो, लौन माननीय ज्यू केही सहयोग गर्नुप¥यो भन्दै मोदी माननीयले भने पछि मैले प्राधिकरणको नेतृत्वको विषयमा बोलेको हो’ बस्नेतले पत्रकारहरुलाई दिने प्रतिक्रिया यस्तै छन् । 
त्यसो त भक्तपुरको विद्युत् चोरीमा बस्नेतका केही आफन्त जोडिएको र प्राधिकरणले कडाई गरेकोमा बस्नेतलाई चित्त बुझेको छैन । जे होस् खेताला लगाएर बोल्न लगाउने र संसदलाई पनि सोही अनुसारको परिचालन गर्न मोदी सफल भएको भन्दै बस्नेतले नै धाप लगाएको संसदमा देखी जान्ने र सुन्नेले बताएका छन् । 
बस्नेतले प्रधानमन्त्री केपी ओलीलाई भनेर भएपनि कुलमानलाई ठीक पार्नेसम्मको वचन मोदीलाई दिएका छन् । उता कुलमानले भने आफूले केही गलत नगरेको र भ्रष्टाचारको पुष्टि भए जस्तोसुकै कारबाही भोग्न समेत तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस