४२ घण्टासम्म पनि पत्ता लागेन हराइरहेको विमान

एजेन्सी

बुधबार, २२ जेठ २०७६, १३ : २६
४२ घण्टासम्म पनि पत्ता लागेन हराइरहेको विमान

हराइरहेको भारतीय वायुसेनाको विमान एएन–३२ लाई खोज्ने कोसिस जारी छ । ४२ घण्टा अघि एएन–३२ विमान ८ चालक दलसहित ६ व्यक्तिलाई लिएर असमका जोरहाटबाट अरुणाचल प्रदेशका लागि निस्किएको थियो । सोमबार दिउँदो १ बजेपछि विमानबाट सम्पर्क टुटेको थियो । ४२ घण्टा बितिसक्दा पनि विमानबारे केही जानकारी पाउन सकिएको छैन । खराब मौसमका कारण सर्च अपरेशनमा समस्या भइरहेको छ । सेटलाइट, स्पाई एयरक्राफ्ट, फायटर प्लेन, हेलिकोप्टर र सेनाका जवानले अहिले पनि खोजी कार्य जारी राखेका छन् ।

हराइरहेको विमान एएन–३२ मा आधुनिक एभियोनिक्स, रडार वा आपतकालीन लोकेटर ट्रान्समिटर (एएलटी) थिएन । विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेशको पश्चिम सियांग जिल्लामा चिनियाँ सीमा नजिकै भेटिएको थियो । विमान यो लोकेशन वरिपरि नै हुनसक्ने अनुमान गरिएको छ ।

के प्रविधी र अपग्रेडको मारमा परेको हो विमान ?

यसैबीच, हराइरहेको विमान अपग्रेड नभएको पनि बताइएको छ । प्राविधिक गडबडीका कारण विमान आफ्नो बाटोबाट भड्किएको हुनसक्ने अनुमान गरिएको छ ।

तीन वर्षअघि पनि हराएको थियो विमानः

स्मरण रहोस्, तीन वर्ष अघि पनि सन् २०१६ मा यस्तै प्रकृतिको विमान (एएन–३२) बंगालको खाडीमाथिबाट हराएको थियो । तर अहिलेसम्म पनि त्यसबारे केही पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस