सिरियामा कारबम विस्फोट हुँदा १९ जनाको मृत्यु

एजेन्सी

सोमबार, २० जेठ २०७६, १८ : १४
सिरियामा कारबम विस्फोट हुँदा १९ जनाको मृत्यु

आजाज, सिरिया । विद्रोहीको बलियो प्रभाव रहेका सिरियाको उत्तरपश्च्मिी शहरमा भएको कारबम विस्फोटमा परी आइतबार कम्तीमा १९ व्यक्तिको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेका मानव अधिकार समूहले जानकारी दिएका छन् । 

आजाजमा भएको यस विस्फोटमा परी चार बालबालिकाको पनि मृत्युभएको बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । 

यस आक्रमणमा परी २० जनाभन्दा बढी घाइते भएका पनि अधिकारवादी समूहले जानकारी  गराएका छन् । 

“विस्फोट हुँदा कैयौँ इस्लाम धर्मावलम्बीहरू साँझको प्रार्थनाबाट बाहिरिँदै गरेका थिए,” उक्त मानव अधिकारवादी समूहका प्रमुख रमी अब्दुल रहमानले बताउनुभयो ।

मारिनेमा आउँदै गरेको इद–उल–फितरको विदाका अवसरमा लुगाफाटो तथा उपहार किन्न बजार गएका व्यक्तिहरू पनि रहेका अस्पतालका एक अधिकारी जिहाद बेरोले बताउनुभयो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस