आमसञ्चारसम्बन्धी विधेयक फिर्ता लिन  डा. शेखर कोइरालाको माग

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, १२ : ००
आमसञ्चारसम्बन्धी विधेयक फिर्ता लिन  डा. शेखर कोइरालाको माग

काठमाडौं । आमसञ्चारसम्बन्धी विधेयकहरु फिर्ता लिन सरकारसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माग गरेका छन् । 

केन्द्रीय सदस्य डा. कोइरालाले वक्तव्य जारी गर्दै सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य मान्यता, संविधान विपरित भएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

‘बहुमतको दम्भ देखाएर पारित गर्न तम्सिनु भनेको वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप हो भन्ने मैले ठानेको छु,’ उनले भनेका छन् ।

सञ्चारकर्मीहरुलाई हदैसम्म दण्ड जरिवाना र जेल सजायसम्मका कठोर प्रावधान राख्नु, काउन्सिललाई निरंकुश संस्थाका रुपमा स्थापित गर्न खोज्नु प्रेसको आलोचनात्मक चरित्रलाई समाप्त पार्ने सरकारी कुटिल चाल भएको डा. कोइरालाले बताए । उनले विधेयकहरु फिर्ता लिई सरोकारवालाहरुसँग छलफल र सहमतिका आधारमा ल्याउन माग गरेका छन् । 
‘सार्वभौम भनिएको संसद कार्यकारीको ल्याप्चेका रुपमा रुपान्तरित नहोस् भन्नेतर्फ सचेत गराउन चाहन्छु कांग्रेस नेता कोइरालाले भनेका छन् ।

उनले विधेयकहरु फिर्ता लिई सरोकारवालाहरुसँग छलफल र सहमतिका आधारमा ल्याउन माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस