नग्न फोटो पोस्ट गर्न नपाउँदा...

एजेन्सी

सोमबार, २० जेठ २०७६, ११ : ४४
नग्न फोटो पोस्ट गर्न नपाउँदा...

एजेन्सी । सामाजिक सञ्जालमा नग्न फोटो पोस्ट गर्न पाउनु पर्ने भन्दै फेसबुकको मुख्यालय अगाडि सयौँले नग्न प्रदर्शन गरेका छन् । अमेरिकाको न्यूयोर्कमा रहेको फेसबुक मुख्यालयमा आइतबार सयौँले नग्न प्रदर्शन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता बिरुद्व सेन्सर लगाएको आरोपमा उनीहरूले विरोध स्वरूप प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले सडकमा नग्न भएर आफ्ना निप्पल देखाएका छन् । सेन्सरसीप विरुद्ध राष्ट्रिय गठबन्धनले विरोधको आयोजना गरेको थियो । माहिला अधिकारकर्मीले सामाजिक सञ्जालमा आफ्ना अङ्गहरू माथि सेंसर लगाउने काम न्यायोचित नभएको बताएका छन् ।

कलात्मक रूपमा फेसबुक र इन्स्टाग्राममा फोटो राख्दा एकाउन्टहरू नै बन्द भएको पाइएको छ । मदर्स डेका दिन बच्चाले आमाको दुख चुसिरहेका फोटाहरूमा पनि फेसबुकले सेन्सर लगाएको आन्दोलनरत समूहका एक अभियन्ताले बताएका छन् ।

इन्स्टाग्रामको सामुदायिक निर्देशिका अनुसार नग्न फोटो साइटमा प्रतिबन्धित छन्। कलात्मक वा रचनात्मक प्रकृतिका नग्न फोटोहरु पनि इन्स्टाग्राममा राख्न अनुमति छैन ।

 

प्रतिक्रिया दिनुहोस