फेरि सर्‍यो नेकपा सचिवालय वैठक

आज बोलाईएको सचिवालय वैठक पूनः भोलिसम्मका लागि सारियो

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, ०७ : ३८
फेरि सर्‍यो नेकपा सचिवालय वैठक

फाईल फोटो

काठमाडौँ । नेकपाको सचिवालय वैठक फेरि सरेको छ । आज बस्ने भनिएको वैठक भोलि मंगलवार सम्मका लागि फेरि अध्यक्षदयले सारेका छन् । २ जेठमा जनवर्गीय संगठनको नेतृत्व चयन गरेपछि वाकी कार्यविभाजन र पोलिटब्यूरो गठनका लागि वैठक ५ जेठमा वस्ने गरी स्थगित भएको थियो ।

तर त्यस यता अहिलेसम्म पार्टी सचिवालय वैठक वस्नै नेकपाभित्र सकस परेको छ । ५ जेठमा सचिवालय वैठक एकै दिन दुईपटक समय निर्धारण गदै स्थगित हुदै आएको वैठक गत जेठ १८ गते सचिवालय वैठक वस्ने वताएका थिए ।

तर त्यो वैठक आजका लागि सारिएका थिए तर आजका लागि वोलाईएको वैठक पनि नेताहरु कार्यविभाजनको गृहकार्यका लागि भन्दै भोलिसम्मका लागि सारिएको छ । महासचिव विष्णु पौडेलले वैठक मंगलवारका लागि बोलाईएको सफल खबरलाई जानकारी दिए ।

आइतबार दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले एक्लाएक्लै र पुन प्रधानमन्त्री र माधव नेपालले पनि एक्लाएक्लै र दुवै अध्यक्षले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामवहादुर थापासँग संयुक्त छलफल गरेका थिए ।

नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन । नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय वैठक सोही कारण सरेको स¥यै छ ।

विभाग गठन र नेतृत्वका विषयमा नेताहरुको आ आफनै रसाकस्सी चलेपछि गठन गर्न अप्ठायारो परेको छ । विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा लागेको छ । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दाबी छ । वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायत नेता यो विभागका आकांक्षी छन् ।

अन्य महत्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन् ।

 

 


 

प्रतिक्रिया दिनुहोस