विप्लवभन्दा प्रकाण्ड बलशाली: प्रकाण्ड फर्किए पुरानै जिम्मेवारीमा

उपत्यका ब्यूरोमा माइला लामाको ठाँउमा उमा भुजेल ल्याउने तयारी

सफल खबर संवाददाता

सोमबार, २० जेठ २०७६, ०७ : ०१
विप्लवभन्दा प्रकाण्ड बलशाली: प्रकाण्ड फर्किए पुरानै जिम्मेवारीमा

काठमाडौं । पार्टीभित्रैं आन्तरिक छानविनका क्रममा रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खडकवहादुर विश्वकर्मा (प्रकाण्ड) पूरानैं जिम्मेवारीमा फर्केका छन् । अझ भन्दा पूरानो जिम्मेवारी मात्र होइन, उनले थप जिम्मेवारी पनि पार्टीभित्र पाएका छन ।

अर्थात, प्रकाण्ड पार्टी प्रवक्ताकै रुपमा सक्रिय हुन पाउने र साथमा मध्यकमाण्डको पनि जिम्मेवारी सम्हाल्न पाउने गरी पार्टीमा सक्रिय हुन थालेका छन् । केही समय देखि उनी पार्टीभित्र आन्तरिक छानविनको क्रममा थिए । महासचिव विप्लवसँग उनको अस्वस्थ्य प्रतिस्पर्धा चलेको थियो ।

पार्टी र जनवर्गीय संगठनमा एक पछि अर्काे गदै प्रकाण्डले गुटवन्दी गर्ने, संगठन कब्जा गर्ने नीति अवलम्वन गर्न खोजेको, प्रक्राउ पर्दा आन्तरिक सूचना चुहाएको देखि रिहाईका लागि पार्टी नीति विपरित डा वावुराम भटटराईसँग लविङ गरेको र वार्ताका लागि आफुलाई रिहाई गरे वन्ने भन्द्यै भित्रभित्रै सरकारी पक्षसँग सम्झौता गरेको जस्ता आरोपमा उनी पार्टी छानविनका क्रममा थिए ।

२०७२ मंसिरमा मोहन वैद्य (किरण) नेतृत्वको पार्टीसँग सम्बन्ध विच्छेद गर्दै विप्लवले नयाँ पार्टी बनाएपछि खडकबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रवक्ता तोकिएका थिए । पार्टीभित्र दोस्रो वरीयतामा रहेका उनी गत साउन २२ गते काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका थिए । विश्वकर्मा ९ असोजमा रिहा भएपछि नेकपामा अनेकथरी टिप्पणी सुरु भयो । त्यसो त ८ मंसिरमा विप्लवको पार्टीले काठमाडौंमा आयोजना गरेको सभाका प्रमुख वक्ता भने उनलाई नै बनाइएको थियो ।

त्यसपछि एक महिनासम्म उनी पार्टी महासचिवको सम्पर्कमा रहेनन् । महासचिव विप्लवको निर्देशनविपरीत काठमाडौं आउँदा पक्राउ परेको, रिहाइका लागि आफू निकट विद्यार्थी अध्यक्ष चिरञ्जीवी ढकालमार्फत डा. बाबुराम भट्टराईसँग पहल गरिदिन सन्देश पठाएको र पार्टीमा परामर्शबिनै व्यक्तिगत पहलमा रिहाइको वातावरण बनाएको भन्दै पुस तेस्रो साता बसेको स्थायी समिति बैठकमा प्रकाण्डको चर्काे आलोचना भयो । त्यसबेला उनलाई स्थायी समितिमा साथ दिने सन्तोष बुढामात्र थिए ।

नेकपा स्रोत भन्छ, ‘त्यही बेलादेखि प्रकाण्ड पार्टीभित्रै विशेष निगरानीमा थिए, उनलाई पार्टी प्रवक्ताका रूपमा सार्वजनिक वक्तव्य दिन र बोल्न रोक लगाइएको थियो, तर अहिले फुकुवा गरिएको छ । तर त्यो उनको आरोप प्रमाणित नभएर होइन की, पार्टीभित्र प्रकाण्ड वलशाली देखिदै गएपछि उनलाई राके लगाइएको काम गर्न पार्टीले अनुमति दिएको हो ।’

आर्थिक परिचालनको एकद्वार नीति बनाउने पार्टी निर्णयपछि उनी आर्थिक विभाग प्रमुख भएका थिए । त्यस बेला पनि आफूअनुकूल आर्थिक परिचालन गरेको, पार्टी र जनसंगठनमा पकड जमाउन थालेको भन्दै उनको आलोचना भएको थियो ।

उनीमाथि दस्ताबेज चुहाएको, पार्टी परामर्शभन्दा आफू अनुकूल चल्न खोजेको ‘व्यक्तिवादी अराजकता’ को आरोप लागेको थियो । पुसको स्थायी समिति बैठकपछि महासचिव विप्लवले पार्टी निर्णय हेडक्वार्टरले नै सार्वजनिक गर्ने भन्दै विप्लवलाई रोक लगाएका थिए ।

विप्लव–प्रकाण्डबीच मध्य कमान्ड इन्चार्ज हेमन्तलाई बनाउने बेलामा समेत विवाद थियो । प्रकाण्ड मध्य कमान्डको जिम्मेवारी आफूले पाउनुपर्ने पक्षमा थिए । तर विप्लवले सुदर्शनलाई दिए । त्यसवेला देखि नै यी दुई नेताका वीचमा अन्तरविरोध र्चिकएको थियो ।

उनले कुनै सार्वजनिक वक्तब्य दिने र वोल्ने काम हुन सकेको थिएन । तर आइतबार प्रकाण्ड ले एकाकए पार्टी प्रवक्ताका रुपमा वक्तब्य दिए । पार्टीमा उनी निकट नै रहेका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश पछि प्रकाण्डले लामो समयको अन्तराल पछि पहिलो पटक प्रवक्ताका रुपमा वक्तब्य दिन पाए ।

उनले आफ्नो जिम्मेवारी पूनः फर्काउन सके । १२ जेठको काठमाडौं विस्फोटमा आफ्नै आन्तरिक दुर्घटना भई ४ जना नेता कार्यकर्ताको निधनमा समेत विप्लवले नै वक्तब्य दिएका थिए । पार्टीका सम्वन्धमा सार्वजनिक सञ्चारमाध्यमले गरेका टिप्पणीमा समेत विप्लव आफैका खण्डन वक्तब्य हरु आईरहेका हुन्थे । तर आइतबार प्रकाण्डले प्रवक्ता वाट विज्ञेप्ती दिएपछि उनी पार्टीमा कमब्याक भएको चर्चा अहिले हुन थालेको छ ।

उनी मध्यकमाण्ड पार्टी केन्द्रीय कार्यलयवाट हेर्ने गरी फोकल प्वाइन्टको रुपमा समेत जिम्मेवारी लिएर काममा फर्केका छन् ।

उपत्यका पार्टीमा पकड जमाउँदै माइला लामालाई हटाइँदै,
उमा भुजेललाई ल्याउने तयारी

प्रकाण्डले पार्टीमा आर्थिक स्रँेत परिचालनका लागि सवैभन्दा वलियो आधार उपत्यकालाई नै विगत देखि नै वनाउँदै आएका थिए । त्यसका लागि उनले उपत्यका हेर्ने पार्टी जिम्मेवारीमा आफु निकट नेतालाई नै ल्याउन चाहान्थे । प्रज्ज्वल (माइला लामा) केही समय अगाडीसम्म उनी निकट नै थिए । तर फेरि लामा विप्लव निकट नै हुन थालेपछि काठमाडौं विस्फोटका घटनामा दोषी देखाउन र जिम्मेवारी हेरफेरमा प्रकाण्डले विप्लव माथी दवाव वढाए ।

अहिले नेकपाले माइलाको ठाँउमा जनसंसदकी सभामुख समेत रहेकी उमा भुजेल (शिलु) लाई लइाउने तयारी भएको छ । अपुष्ट समाचार अनुसार माइलालाई उपत्यकाको जिम्मेवारीवाट हटाइँदै छ । र त्यसको ठाँउमा प्रकाण्डले अहिले आफु निकट रहेकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई ल्याउने तयारी भएको स्रोतले वतायो ।

 

प्रतिक्रिया दिनुहोस