आई टी क्षेत्रको प्रविधि र ज्ञानलाई प्रबर्धन गर्न डिजिगम क्यान ईन्फोटेक मेला हुने (भिडियो)

मंगलबार, ०९ माघ २०७४, १५ : १६

भरतपुर । चितवनमा मेला महोत्सवको लहर नै चलेको छ । सुचना र प्रविधिको क्षेत्रमा काम गर्दै आई रहेको कम्प्युटर एशोसिएसन नेपाल चितवनको शाखाले पनि तेस्रो डिजिकम क्यान ईनफोटेक मेला गर्ने भएको छ । यहि माघ २५ गतेदेखि  माघ २९ गतेसम्म मेला संचालन हुनेछ । चितवनको सम्बृद्धि : सुचना प्रविधि भन्ने नाराका साथ ५ दिनसम्म मेला गर्न लागिएको भरतपुरमा मंगलबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

 चितवन एक्सपो सेन्टरमा लाग्ने मेलामा सुचना प्रविधिसगँ संम्बन्धीत ८० वटा स्टल रहने महासघंका अध्यक्ष बिष्णु शर्माले जानकरी दिनुभयो । आई टि बिना स्मार्ट शहरको परिकल्पना गर्ने नसकिने भएकाले आई टी सम्बन्धी जनचेतना अभिबृद्धि गर्न मेला आयोजना गर्न लागिएको आयोजकको भनाई छ । मेलामा कम्प्युटर ,मोबाईल र सबै खाले सुचना प्रविधिसगँ सम्बन्धीत स्टलहरु रहने उहाँले जानकारी  दिनुभयो । ०६५ र ०६७ सालमा मेला लागेको भएपनि  ७ बर्ष पछि तेस्रो पटक मेला संचालन गर्न लागिएको छ । प्रत्येक २/२ बर्षमा मेला आयोजना गर्ने भनिए पनि लामो समय पछि यस्तो मेला संचालन गर्न लागिएको छ । २ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

मेला २/२ बर्षमा गर्ने भनिएको हो तर प्रविधिक कठिनाईका कारण हुन सकेन–अध्यक्ष शर्माले बताउनुभयो । मेला अवलोकनका लागि प्रवेश शुल्क रु २५ रुपैया तय गरिएको छ । कार्यक्रमको उद्घाटनमा रोबटको प्रयोग गरेर हुने छ । मेलामा स्थानिय रोबटिक क्लबहरुको प्रतियोगिता , अन्तर विद्यालय तथा कलेजस्तरीय हजिरि जवाफ प्रतियोगिता हुने आयोजकले बताएको छ । त्यसतै मेलामा अबधीभर पुराना कम्प्युटर ,ल्यापटप तथा प्रिन्टरको एक्सचेन्ज अफर पनि संचालन हुने महासघंका उपाध्यक्ष बिष्णु प्रसाद लामिछानेले बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस