जुम्लाका जनप्रतिनिधिहरुद्धारा भरतपुर महानगरपालिकाको अवलोकन (भिडियो)

मंगलबार, ०९ माघ २०७४, १४ : ०४

भरतपुर । जुम्ला जिल्ला गोठी चौर गाउपालिकाका जनप्रतिनिधिहरु भरतपुर महानगुरपालिका आई पुगेका छन् । संघिय अवलोकन भ्रमण अन्तरगत उनीहरु पश्चिमको सुर्खेत ,बर्दिया ,रुपन्देही हुदै चितवनको भरतपुर महानगरपालिका आईपुगेका हुन् ।

देश संघितामा प्रवेश गरे सगै स्थानिय सरकारले नै आम्दानीको स्रोत जुटाउनु पर्ने भएकाले परार्मश गर्न महानगरपालिका तथा नगरपालिकासगँ परामर्श गर्न टोली निस्कीएको गाउँपालिका प्रमुख हरि बहादुर भण्डारीले जानकारी दिनुभयो । ३३ जना सम्मिलित टोलीमा सरकारी कार्यलयका पदाधिकारीको पनि सहभागिता रहेको छ । भरतपुर महानगरपालिकाले एक कार्यक्रमका बिच टोलीलाई आफ्नो विकासको चरण तथा योजना कार्यन्वनको पक्षको बारेमा सहजीकरण गरेको छ ।

अवलोकन टोलीलाई भरतपुर महानगरपालिका काम कारबाही , फोहरमैलाको व्यवस्थापन , दिर्घकालिन योजना ,आन्तरिक कर व्यवस्थापन लगाएतको बिषयमा जानकारी गराईएको थियो । भरतपुर महानगरपालिका का प्रमुख रनु दाहाल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा ,उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य राख्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस