कोरियामा नेपाली र कोरियाली कवि संलग्न कविता कन्सर्ट

एजेन्सी

मंगलबार, ०९ माघ २०७४, १४ : ०१
कोरियामा नेपाली र कोरियाली कवि संलग्न कविता कन्सर्ट

सोल । दक्षिण कोरियामा नेपाली तथा कोरियन कविबीच कविता कन्र्सट गरिएको छ । नेपाल–कोरिया कल्चर सेन्टरको मुख्य आयोजनामा  कोरियाको थेजन शहरमा कविता कन्र्सट गएिको हो ।

कोरियन कवि किम ह्यङ ह्याकोे सगरमाथा होटलमा भएको उक्त कविता कन्सर्टमा  कोरियाली कवि र कोरियामा  नेपाली कविहरूको सहभागीता रहेको थियो ।

अनेसास कोरिया  सह आयोजकको बनेको कविता कन्सर्टमा कोरियाका चर्चित कविहरू किम जुन ते, पाक मङ गै, लि क्यु सिक, मुन चाङ गिल लगायत एक दर्जन कविहरू सहभागी भएका थिए । नेपाली  कविहरू प्रमोद सारंग, यल्जी विवश, सरोज सर्वहारा, मणि भुसाल, गंगा बस्नेत, डी आर न्यौपाने सूर्य, विनोद एकलव्य, शकुन आँसु , गोकुल थोकर,   र मातृका नेम्बाङले कविता वाचन गरेका थिए ।

दुइ–दुइ जनाको  समूह बनाएर कविता वाचन गरिएको कार्यक्रममा पहिले कविले मौलिक कविता र त्यहि समुहका  अर्का कविले अनुवादित कविता वाचन गरेका थिए ।  जनक सन्याल, गोपी कृष्ण लामिछाने, डी आर न्यौपाने, मणि भुसाल र गंगा बस्नेतले कार्यक्रमको सुरुवातमा रेशम फिरिरि गीत गाएर मनोरन्जन दिएका थिए । कार्यक्रमको उत्तराद्र्धमा जनक सन्याल, गोपी कृष्ण लामिछानेका छन्द कविता वाचन नेपाली छन्द कविता वाचन गरेको थिए ।

दुई देशका  २२ कविहरू लगायत करिब ६० स्रष्टा सहभागी  छलफल र कन्सर्टले नेपाली साहित्यका विविध विधा र मुलतः कवितालाई कोरियन भाषामा अनुवाद गर्ने एक ऐतिहासिक बाटो कोरिने सहआयोजक संस्था अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले बताए । सोही अवसरमा कोरियाली कवि किम ह्यङ ह्यो , कवि प्रमोद सारंग र मन्जु गुरुङद्वारा अनुवादित नेपाली तथा कोरियन कविका कविताहरू समेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस