मेक्सिकोबाट जापान उडेको जहाजका मृत यात्रुको पेटमा भेटियो २४६ कोकिनका थैली

एजेन्सी

मंगलबार, १४ जेठ २०७६, १३ : १६
मेक्सिकोबाट जापान उडेको जहाजका मृत यात्रुको पेटमा भेटियो २४६ कोकिनका थैली

एजेन्सी । मेक्सिको सिटीबाट उडेको एक जहाजमा सवार एक जापानी व्यक्तिको मृत्यु भएको छ । मेक्सिको अधिकारीका अनुसार ती व्यक्तिले २४६ थैली कोकिन निलेपछि उनको मृत्यु भएको थियो । 

विमान जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलको लागि उडेको थियो । कोकिनको असरले व्यक्ति जहाज उडेको केही पछिनै बेस्कन काम्न थालेका थिए । त्यस पछि विमान मेक्सिकाको सोनोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । 

अधिकारीका अनुसार यूडो एन नामले परिचित ती व्यक्तिमा ड्रग्सको अत्यधिक डोजको कारण हुने सेरेर्बल इडेमा भएको थियो । त्यसैले उनको मृत्यु भयो । 

व्यक्ति कोलम्बियाको राजधानी बोगोटोको यात्रा गरेर फर्किएका थिए ।  

सोनोराको सरकारी अधिवक्ताले जारी गरेको विज्ञप्ती अनुसार थैली २.५ सेन्टीमिटर लम्बाई र १ सेन्टिमिटर चौडाईका थिए । पोष्टमार्टमका क्रममा उनको पेट र आन्द्रामा ती थैली भेटिएका थियो । 
युडोलाई जहाजबाट निकालेपछि १९८ यात्रु सवार जहाज आफ्नो गन्तव्य तर्फ उडेको थियो । घटनाको अनुसन्धानको जिम्मवारी मेक्सिकोको संघीय अधिकारीहरुले लिएका छन् । 

प्रतिक्रिया दिनुहोस