शरद गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ

मंगलबार, ०९ माघ २०७४, १२ : ३०
शरद गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले निर्माण व्यवसायी शरद कुमार गौचन हत्यामा संलग्न मुख्य सुटरलाई पक्राउ गरको छ ।
ब्यूरोको टोलीले गएराती ११ बजे चितवनबाट मुख्य सुटर श्याम बहादुर गुम्बेलाई पक्राउ गरेको हो ।  ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीले गुम्बेलाई पक्राउ गरिएको पुष्टि गरे ।  

गुम्बे नेपाल आर्मीको कालिबक्स गणबाट भागेका ‘भगौडा आर्मी’ हुन् । उनैले गौचनमाथि गोली चलाएका थिए । चितवनबाट धादिङ हुँदै गौचनलाई गोली हान्न काठमाडौँ आएका थिए । राजधानीको नयाँ बानेश्वरस्थित खरिबोट चोकमा असोज २३ गते दिउँसै गौचनको  गाली हानी हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस