राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन काँग्रेस शीर्ष नेताहरुको बैठक वस्दै

मंगलबार, ०९ माघ २०७४, १२ : २७
राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन काँग्रेस शीर्ष नेताहरुको बैठक वस्दै

काठमाडौं । राष्ट्रिय सभा चुनावको  उम्मेदवार छनौटका लागि नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुको वैठक केहि वेरमा वस्ने वताइएको छ ।

प्रधानमन्त्री शशस्त्र प्रहरीको कार्यक्रममा गएकोले वैठक वस्न केहि ढिलो भएको काँग्रेस नेता वालकृष्ण खाँणले जानकारी गराए । प्रधानमन्त्री निवास वालुवाटारमा वस्ने वैठकका लागि प्रधानमन्त्रीलाई पदाधिकारीहरुले कुरिरहेको खाँणले वताए ।

मधेसी मोर्चासँग तालमेलको प्रयास गरेको काँग्रेसले भागवण्डा मिलाउन सकेको छैन । प्रदेश २ का मा तालमेलका लागि मधेसी मोर्चाले काँग्रेससँग पाँच सिट माग गरेका गरेको छ ।

मधेसी दलसँगको तालमेल तथा बाँकी उम्मेदवारहरु चयन गर्नका लागि शिर्ष नेताहरुको वैठक वस्न लागेको हो । काँग्रेसले सात नम्वर प्रदेशका उम्मेदवार सोमबार टुङ्ग्याएको छ । प्रदेश सातबाट बद्रि पाण्डे, शेखीराम पार्खी ,तारादेवी भट्ट र छत्रराज जोशीलाई छनौट गरेको छ ।  पाण्डे खुलाबाट, पार्खी दलितबाट,भट्ट महिलाबाट र जोशीलाई अपाङबाट छनौट गरिएको हो ।
संसदीय समिती विधान विपरित भएको औल्याँउदै विरोध भएपछि काँग्रेसका शिर्ष नेताले उम्मेदवार छनौट गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस