तीन वटा भरुवा बन्दुकसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १६ : ३७
तीन वटा भरुवा बन्दुकसहित दुई जना पक्राउ

चितवन । भरुवा बन्दुकसहित भरतपुर महानगरपालिका २९ जुगेडीका ३५ वर्षीय सोमबहादुर गुरुङ र भोर्लाङका ३४ वर्षीय सूर्यबहादुर चेपाङ पक्राउ परेका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी जानकारी गराए अनुसार, उनीहरुले प्रयोग गर्दै आएको भरुवा बन्दुक ३ थान लुकाइराखेको स्थानबाट फेला पारिएको छ । प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको नेतृत्वमा गएको टोलीले लुकाई राखेको बन्दुक सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
इन्द्रेणी सामुदायिक वनमा शिकार खेल्न जाने क्रममा जुगेडीकै ३९ वर्षीय सुकबहादुर चेपाङ आफैले बोकेको भरुवा बन्दुक पड्केर खुट्टामा छर्रा लागेर घाइते भएपछि घटना सार्वजनिक भएको थियो ।   दाहिने खुट्टामा छर्रा लागेर घाइते भएका सुकबहादुरको अहिले शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । जेठ १० गते छर्रा लागेर घाइते भएपछि भरतपुरमा उपचारका लागि ल्याइएका चेपाङलाई काठमाडौँ रेफर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस