डोजर र अटो दुर्घट्ना हुँदा भरतपुरमा ३ जना घाईते

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, ०७ : ३४
डोजर र अटो दुर्घट्ना हुँदा भरतपुरमा ३ जना घाईते

चितवन । चितवनको भरतपुर महानगरपालिका १५ कल्याणपुरमा अटो दुर्घट्ना हुँदा ३ जना घाईते भएका छन । ना २ ह ३९७७ नम्बरको अट्टोलाई बा २ क १८८८ नम्बरको डोजरको अगाडीको भागले गुडिरेको अटोलाई लाग्दा अटोमा सवार चालक र २ जना यात्रु गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाईते हुनेहरुमा अटो चालक भरतपुर महानगरपालिका २३ का ४० वर्षीय उमेश गुरुङ, अटोमा सवार भरतपुर १८ का २१ वर्षीय राम ब कुमाल र उनकी श्रीमती २१ वर्षीय माया कुमाल रहेका छन । उनहिरुको हात खुट्टामा चोट लागेको जनाईएको छ । घाईते तिनै जनाको नयाँ मेडिकल कलेजमा उपचार भईरहको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार गएराति साढे ८ बजे बाटो मानिस्कने क्रममा डोजरको अगाडीको भागले अट्टोलाई लागेको थियो । 
 

प्रतिक्रिया दिनुहोस