सरकार ‘बहुमत वाद’ तर्फ केन्द्रित: चौधरी

सफल खबर संवाददाता

शनिबार, ११ जेठ २०७६, २० : ०९
सरकार ‘बहुमत वाद’ तर्फ केन्द्रित: चौधरी

चितवन । नेपाली कांग्रेसा नेता सुरेन्द्र प्रसाद चौधरीले सरकार ‘बहुमत वाद’ तर्फ अघि बढेको आरोप लगाएका छन । सनिवार भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता चौधरीले सरकार दुई तिहाई दम्भका साथ अघि बढेको आरोप लगाएका हुन । 
पार्टिको देशव्यापी जागरण कार्यक्रम अन्तर्गत चितवनमा रहेका उनले सरकार लोकतन्त्रको मर्मविपरित अघि बढेकाले जनतासामु भण्डाफोर कार्यक्रम लिएर जानथालेको बताए । उनले प्रतिपक्षीको आवजलाई नसुनी जवरजस्त रुपमा पेलेर गए कडा प्रतिकार गर्ने चेतावनी पनि दिए । 
सरकारको नेतृत्व अपराधिक पृष्ठभुमि भएकाले गरेकाले देशैभर अराजक्ता फैलीदै गएको भन्दै नेता चौधरीले कांग्रेसले टुलुटुलु हेरेर नबस्ने बताए । मुलुकमा हत्या, हिंसा, अराजकता, वाईडबडी लगायत विभिन्न भ्रष्टाचारका काण्ड भईरहे पनि नियन्त्रणका लागी ठोस कदम चाल्न नसकेको उनको आरोप थियो । 
उनले चितवनको गोन्द्राङमा भएको घट्नालाई जोड्दै उनले जनप्रतिनीधिकै उपस्थितिमा तोडफोड, आगजनी, हुलदंगा हुनु आपत्तीजनक रहेको बताए । 
कार्यक्रममा कांग्रेस जिल्ला सभापति जित नारायण श्रेष्ठले पार्टिको जिल्ला, नगर, वडा सवै एकैपल्ट जागरुक गरीरहेको बताएका थिए । जागरण कार्यक्रम अन्तर्गत अहिलेसम्म विभिन्न चरणका जिल्लाको भेला, भेटघाट, अन्तरक्रीया लगायतका कार्यक्रम सम्पन्न गरीसकीएको जानकारी गराए ।  
 

प्रतिक्रिया दिनुहोस