गैंडाकोट नगरपालिकाको चौथो नगरसभा सम्पन्न

प्रमुख र उपप्रमुखबीच तालमेल हुनु आवश्यक

सफल खबर संवाददाता

शनिबार, ११ जेठ २०७६, १७ : ०२
गैंडाकोट नगरपालिकाको चौथो नगरसभा सम्पन्न

चितवन । वैशाख १४ गते स्थगित भएको गैंडाकोट नगरपालिकाको चौथो नगरसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण अनुगमन प्रतिवेदन गैंडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कंडेललले प्रस्तुत गर्नु भएको थियो । नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण अनुगमन प्रतिवेदन अनुसार २०७५/०५/०८ देखी २०७५/१२/२६ गते सम्ममा नगरपालिकाको नगर तथा वडा स्तरीय ३४ वटा योजनालाई निरिक्षण, अनुगमन तथा सुपरिवेक्षण गरिएको छ । 

जसमध्ये नगर स्तरीय १५ र वडा स्तरीय १९ योजनाहरु रहेका छन् । निरीक्षण, अनुगमन तथा सुपरिभेक्षण गरीएका योजनाहरु मध्य २९ वटा योजनाहरु सम्पन्न भएका छन् । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेललको अध्यक्षतामा भएको उक्तm कार्यक्रममको सहजीकरण गैंडाकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गर्नु भएको थियो । हालसम्म कार्यपालिका बैठकबाट विभिन्न कार्यक्रम तथा योजनाहरुका लागि ४ करोड ४१ लाख ९९ हजार ३९ रुपैयाँ रहेको छ । बाटो तथा नाली निर्माणका लागि वडा नम्बर ४ बाट आएको सिफारिस अनुसार ३७ औं कार्यपालिका बैंठकको निर्णयले अनुसार बाटो तथा नाली निर्माणका लागि ९७ लाख विनियोजित गरिएको छ । यो नगरकै वडा स्तरीय ठुलो योजनाको रुपमा रहेको छ ।

नेपालमै बिवादीत नगरका रुपमा रहेको गैंडाकोट नगरपालिकामा अब नगर प्रमुख र उप–प्रमुखको समन्वय हुन आवश्यक रहेको चौथो नगर सभामा उपस्थित हरुको सुझाव थियो । यसका लागि अबका दिनमा सबै मिलेर अघि बढ्न आवश्यक रहेको र समृद्दिका लागि समन्वय गरेर अघि बढ्ने गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र उप–प्रमुख विष्णुकुमारी कंडेलको सहमती रहेको छ । गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको उक्तm कार्यक्रमको सहजीकरण गैंडाकोट नगरपालिकाका प्रशाशकीय अधिकृत रामप्रसाद आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस