भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट राजीनामा

एजेन्सी

शनिबार, ११ जेठ २०७६, १२ : ३६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट राजीनामा

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। मोदिले शुक्रबार राष्ट्रपति रामनाथ गोविन्दलाई राष्ट्रपति निवासमा भेटेर सम्पूर्ण मन्त्रिपरिषद्‌कै एकमुष्ट राजीनामा पत्र राष्ट्रपति समक्ष पेस गरेका थिए। 
अर्को मन्त्रिपरिषद गठन नभएसम्म यही मन्त्रिपरिषदलाई निरन्तरता दिन राष्ट्रपति रामनाथ गोविन्दले आग्रह गरेका छन् । 
राष्ट्रपतिले राजीनामा स्वीकृत गरेलगत्तै  मोदीले ट्विट गर्दै भनेका छन्,यस कार्यकालको सूर्यास्त भएको  छ । तर, लाखौँको जनताको जीवन उजागर गर्न  भइरहेको कामको निरन्तरता रहनेछ । एक नविन बिहानी पर्खीरहेको छ । नयाँ कार्यकालले सुरु हुँदैछ । एक सय ३० करोड भारतीय जनताको सपना र हामी सबैले देखेको नयाँ भारतको सपना पूरा गर्न हामी अझ धेरै प्रतिबद्ध भएका छौं ।
१७ औं लोकसभा निर्वाचनमा मोदीको दल भाजपा एक्लैले कुल ५४२ सिट मध्ये ३०३ सिट ल्याएका छन् भने विपक्षी भारतीय राष्ट्रिय कांग्रेस ५२ सिटमा सिमित भएको छ ।  निर्वाचन ११ अप्रिल देखि १९ मे सम्म सात चरणमा सम्पन्न भएको थियो । भाजपा गठबन्धनले ३५० सिटमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस