महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाईते

मंगलबार, ०९ माघ २०७४, १० : १३
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाईते

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ८ थलहीमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार रामगोपालपुर नगरपालिका ७ का ४० वर्षिय सत्यचन्द्र साह, १८ वर्षीय राम बाबु मण्डल र ४५ वर्षीया सावित्री देवी मण्डल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

सरस्वती पुजाको अवसर पारेर बनभोज गएका ब्यक्तिहरु लिएर फर्किदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर हुस्सुका कारण गएराती साढे ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटना पछि  फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस