काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको दाबी गरेका छन् ।
मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेको जीबी राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए ।
‘पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ?’, प्रश्न गर्दै लामिछानेले भने, ‘गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ ।’लामिछानेले राईलाई पक्राउ गर्न या नेपाल ल्याउन दुई देशबिचको सुपुर्दगी सन्धि बाधक बनेको पनि बताए ।
‘किनभने दुई देशबिचको सन्धिको कुराहरू छ । त्यसमा आशंकाहरु देखिएका छन् । सुपुर्दगी सन्धिका समस्याहरू छन्’, लामिछानेले भने, ‘त्यसका बाबजुद कूटनीतिक र राजनीतिक पहलबाट यसलाई सम्पन्न गर्नुपर्छ भनेर हामीले संवाद सुरु गरिसकेका छौ ।
’ उनले त्यसका लागि मलेसियाका गृहमन्त्रीसँग आफूले १०/१५ मिनेट टेलिफोन संवाद गरेको भन्दै नतिजा आएपछि थप भन्ने बताए । ‘तर हामी निरन्तर लागि रहेका छौँ’, उनले भने, ‘सरकारको पहिलो प्राथमिकता भनेको बचतकर्ताहरूको पैसा तत्काल फिर्ता सम्पत्ति रोकेर भएपनि दिन सुरु गर्ने ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय
आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र
तीन दशकका अभ्यासहरुलाई सच्याउन समय लाग्छ:गृहमन्त्री लामिछाने
रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत : गृहमन्त्री लामिछाने
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा र सकुशल उद्धार गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण