Safal Khabar - बसको ठक्करबाट चितवनमा एक जनाको मृत्यु
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)
बसको ठक्करबाट चितवनमा एक जनाको मृत्यु
शुक्रबार, १० जेठ २०७६, १९ : २०
बसको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

चितवन । पुर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका १० हरिहर मन्दिर नजिक बसले मोटरसाईकललाई ठक्कर दिदा शुक्रवार एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ३२ वर्षीय रमेश लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
पुर्वबाट पश्चिमतर्फ गईरहेको ना ६ ख १२६३ नम्बरको बसले सोहि दिसातर्फ गईरहेको ना ५६ प २३८ नम्बरको मोटरसाईकललाई दिउँसो १ः ५० बजेको समयमा ठक्कर दिदा मोटरसाईकल चालक लामाको मृत्यु भएको हो । 
घाईते लामालाई उपचारका लागी भरतपुरतर्फ ल्याउदै गर्दा मृत्यु भएको जनाएको छ । उनको सव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 
दुर्घट्नामा मोटरसाईकलको पछाडी सवार भरतपुर १५ का सन्तोष कंडेल घाईते भएका छन । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ भने ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस