सरकारले अपराधी संरक्षण गरिरहेको छ : काँग्रस नेता चौधरी

शुक्रबार, १० जेठ २०७६, १५ : ५१
सरकारले अपराधी संरक्षण गरिरहेको छ : काँग्रस नेता चौधरी

चितवन । नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनु भएको छ । काँग्रेसको जागरण अभियान अन्तर्गत शुक्रबार चितवन मेडीकल कलेजमा उपचार रत प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

सरकारले अहिले शक्तिको आडमा अपराधीक क्रियाकलापमा संलग्नलाई उन्मुक्ति दिँदै आएको बताउँदै उहाँले यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो । दशढुङ्मा मदन आश्रितको श्रद्धान्जली सभामा सहभागि भएर फर्किएका युवाहरु गत शुक्रबार पर्व पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ्को कर संकलन केन्द्रमा आगो लगाउने क्रममा खड्का जल्नु भएको थियो ।

उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेता चौधरीले यस घटना निन्दनीय भएको बताउँदै पिडक जो सुकै भए पनि कारवाहिको दायरामा ल्याउन काँग्रेसले पहल गर्ने बताउनुभयो । अहिलेको सरकार हरेक घटनाका दोशीलाई संरक्षण गर्नतर्फ उदृत रहेको भन्दै शान्ति सुरक्षाको माहोलमा देशको अवस्था झन खस्कदै गएको बताउनुभयो । देशमा अराजकता फैलाउने काम स्वयम सरकारले गरेको उहाँको भनाई थियो ।

काँग्रेसको जागरण अभियान अन्तर्गत चितवनमा आजदेखि प्रजातन्त्रका सेनाीहरु, शहिद परिवार लगायतसँग भेटघाट र छलफलको कार्यक्रम रहेको छ । सोही कार्यक्रमको सुरुवातमा खड्कालाई भेट्न पुग्नु भएका चौधरीले सरकारले कानुनको उल्लंघन गर्दै अपराधीलाई संरक्षण गरेको आरोप लगाउनु भएको हो ।

जनताको सुरक्षामा खटिएका प्रहरी माथि नै आक्रमण हुनुले देशमा कानुनी राज्यको उपहास भएको उहाँको भनाई थियो । खड्काको उपचारका र दोशीलाई कारवाहिका लागि सधैं काँग्रेस साथमा रहेको चौधरीले बताउनु भयो ।

घाईते खड्कालाई भेट्न नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति तथा सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, पूर्वसांसद अन्जनी श्रेष्ठ, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ लगायतका काँग्रेस नेता तथा कार्यकर्ता चितवन मेडीकल कलेज पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस