इमरान खानले भने,– शान्ति, प्रगती र समृद्धिमा मोदीसँग काम गर्नका लागि आशावादी छु

एजेन्सी

शुक्रबार, १० जेठ २०७६, १४ : ३९
इमरान खानले भने,– शान्ति, प्रगती र समृद्धिमा मोदीसँग काम गर्नका लागि आशावादी छु

भारतीय लोकसभा चुनावको नतिजा लगभग आइसकेको छ । नरेन्द्र मोदीको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ठूलो जित हाँसिल गरेको छ । मोदी दोस्रोपटक देशका प्रधानमन्त्री बन्न जाँदैछन् ।

यो ठूलो जितमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उनले लेखे, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाजपा र उनका सहयोगी दललाई जीतका लागि बधाई दिन्छु । दक्षिण एशियामा शान्ति, प्रगती र समृद्धिका लागि उनीसँग काम गर्नका लागि आशावादी छु ।’

चुनाव आयोगका अनुसार भाजपाले २८८ सिटमा जित हासिल गरेको छ र थप १५ सिटमा अघि बढिरहेको छ । भाजपाले आफ्नो प्रयासमा ३०३ सिट हाँसिल गरिरहेको देख्न सकिन्छ र भाजपाको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ३५० सिटको आँकडा पार गरिसकेको छ । यद्यपी, सबै ५४२ सिटको नतिजा अहिले घोषणा भइसकेको छैन । मतगणना अझै जारी छ ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सिटबाट चार लाख बढीको भोट अन्तरले जीत हाँसिल गरेका छन् । भने आफ्नो पारम्पारिक सिट अमेठीबाट उनले हारको सामना गर्नुपरेको छ । अमेठीमा भाजपा उम्मेद्वार स्मृति इरानीले राहुल गान्धीलाई पछि पारिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस