भारतमा फेरि मोदीको पल्ला भारी, यस्तो छ कंग्रेस पछि पर्नुको कारण

भाजपा एक्लै २९१ सिटमा अगाडि

एजेन्सी

विहीबार, ०९ जेठ २०७६, १५ : ३१
भारतमा  फेरि मोदीको पल्ला भारी, यस्तो छ कंग्रेस पछि पर्नुको कारण


एजेन्सी । भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना अहिले जारी छ । साँझसम्म लगभग सबै परिणाम आइसक्ने सम्भावना रहेको छ ।

अहिलेसम्मको मतगणनाअनुसार भारतीय जनता पार्टी भारी मतले अग्रता लिइरहेको छ । हालसम्मको मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि रहेको छ । प्रमुख प्रतिपक्षी कंग्रेसले ५१ सिटमा मात्र अग्रता लिएको छ ।

मतगणनाको पहिलो रुझानले भारतमा फेरि मोदी सरकार नै आउने सम्भावना बढेर गएको छ । नरेन्द्र मोदीको पार्टी भाजपाले सहजै बहुमत हासिल गर्ने देखिएको छ ।पूरा नतिजा नआउँदै नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रिम शुभकामना दिनुभएको छ ।

भारतमा कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो ।

भारतीय लोकसभाको सबैभन्दा धेरै ८० सिट रहेको उत्तर प्रदेशमा अहिले सम्मको चुनावमा पनि भाजपा नै अगाडि छ । उसले ५६ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा भाजपाले उत्तर प्रदेशबाट ७१ सिट जितेको थियो ।

भाजपाले दक्षिणका केही राज्यबाहेक सबै ठूला राज्यमा अग्रता कायम गरेको छ । केही महिना अघि भएको विधानसभा निर्वाचनमा कंग्रेसले हराएका तीन राज्यमा पनि भाजपाले यसपटक राम्रो मत ल्याएको छ । 

राजस्थान, छत्तीसढ र मध्य प्रदेशमा भाजपाले सन् २०१४ मा राम्रो प्रदर्शन गरेको थियो । तर डिसेम्बरमा भएको विधानसभा निर्वाचनमा कांग्रेससँग हारेको भाजपाले त्यहाँ पुनः जित हासिल गरेको छ ।  

हालसम्मको अवस्थामा छत्तीसगढका ११ सिटमध्य ९ सिटमा भाजपाको अग्रता छ । राजस्थानको २५ सिटमध्य १ बाहेक सबै सिटमा भाजपा अगाडि छ । ती दुई राज्यको तुलनामा बढी सिट रहेको मध्य प्रदेशमा पनि २९ मध्ये २८ मा भाजपा अगाडि छ ।  

विहारमा यस्तो नतिजा 
लोकसभा चुनावको लागि भनेर विहारमा भाजपाले त्यहाँको मुख्यमन्त्री नितिश कुमारको पार्टी जनता दल युनाइटेडसँग गठबन्धन गरेको थियो । हाल आएर यो गठबन्धन निक्कै सफल सावित भएको छ । विहारबाट केन्द्रीय संसदमा ४० जना प्रतिनिधि छानिन्छन् । 

ती मध्य ३८ सांसद भाजपा र जनता दल युनाइटेडको गठबन्धनबाट छानिने सम्भावना देखिएको छ । लालु प्रसाद यादवको राष्ट्रिय जनता दल र कांग्रेस गठबन्धनले जम्मा २ सिट जित्ने अवस्थामा छ । 

दिल्लीमा यस्तो छ 
राजधानी दिल्लीमा ७ मध्य ७ वटै सिटमा भाजपाको जित हासिल गर्ने लगभग पक्का देखिएको छ । मत सर्वेक्षणले पनि यही परिणाम आकंलन गरेको थियो । 

उत्तर प्रदेशको अवस्था 
उत्तर प्रदेश भारतको संसदीय चुनावमा सबै बढी सिट भएको राज्य हो । यस राज्यबाट ७१ सांसद चुनिन्छन् । यहाँ भाजपाले ५७ स्थानमा अग्रता लिइरहेको छ । महागठबन्धनले २२ सिट ल्याउने मार्गमा छ भने कंग्रेस जम्मा एउटा क्षेत्रमा मात्र अघि छ 

उत्तर–पूर्वी राज्यमा के छ ?
उत्तर–पूर्वी राज्यमा पनि भाजपाले सिट संख्या सुधार गर्ने मार्गमा छ । अरुणाञ्चलका दुई मध्य दुवै सिटमा, उत्तर पूर्वको सबैभन्दा ठूलो संसदीय राज्य आसामका १४ मध्य १० मा ,त्रिपुराको दुवै संसदीय सिटमा भाजपाले अग्रता लिईरहेको छ ।  मनिपुर, मिजोरम र नागाल्याण्ड र मेघालयमा क्षेत्रीय दल अगाडि छन् ।  

बंगालमा यस्तो छ 
चुनाव अघि भाजपाले मेहनत गरेको राज्यमध्य एउटा पश्चिम बंगाल पनि थियो । विगतमा भारतको कम्युनिष्टको आधार क्षेत्र मानिने बंगालमा यस पटक कम्युनिष्टको कुनै पनि सिट नपाउने देखिएको छ । 
सो प्रदेशका ४२ मध्य २३ सिटमा सो राज्यमा सरकार चलाइरहेको त्रिमुल कंग्रेस अगाडि छ । त्यस्तै भाजपा १७ स्थानमा अगाडि रहेर दोस्रो स्थानमा छ । बाँकी दुई सिटमध्य एउटामा कंग्रेस र अर्को स्वतन्त्र उमेद्वार छन् ।

दक्षिण राज्यमा  कंग्रेस अघि
तर दक्षिणी राज्यमा भने कांग्रेसले अग्रता कायम राखेको छ । केरलाको २० सिटमा १८ मा कंग्रेस अघि बढिरहेको छ । त्यहाँ बाँकी २ सिटमा कम्युनिष्ट पार्टी अघि छ । देशभरीमा कम्युनिष्टको अग्रता रहेको सिट यहीँ मात्र हो ।

 त्यस्तै तमिल नाडुमा डीएमकेसँगको कांग्रेस गठबन्धन उपयोगी सावित भएको छ । त्यस गठबन्धनले ३८ मध्य ३४ सिटमा अग्रता हासिल गरेको छ । भाजपाको गठबन्धन जम्मा ४ सिटमा अघि छ । 
तर दक्षिणी राज्यमै पनि करनाटकमा भने भाजपाले राम्रो मत हासिल गरेको छ । त्यहाँको कुल २८ सिटमा २४ स्थानमा भाजपा अघि छ । 

दक्षिणी राज्यबाहेक कंग्रेसको उलेख्य अग्रता हासिल गरेको ठूलो राज्य पञ्जाव हो । त्यहाँका कुल १३ सिटमा ९ मा कांग्रेस अघि छ । त्यहाँ जम्मा ३ सिटमा भाजपा अघि छ । 
आन्द्र प्रदेशमा भने क्षेत्रिय पार्टीले बलियो पकड कायम रहदाँ भाजपा र कंग्रेस दुवैले कुनै सिटमा नजित्ने देखिएको छ । त्यहाँको २५ सिटमा २४ सिटमा क्षेत्रिय पार्टी वाईएसआर कंग्रेस पार्टीले अग्रता हासिल गरेको छ । 

भाजपाको विजयको कारण
भाजपाले यस पटकको निर्वाचन मुलत हिन्दूवादी नारामा लडेको देखिन्थ्यो । त्यस्तै भाजपाले चुनाव नजिकिदै गर्दा पाकिस्तान विरोधी भाषणबाजी पनि चर्काएको थियो । 

पाँच वर्ष शासन गरेर निर्वाचनमा होमिएको पार्टी निर्वाचनमा जादाँ आफूले गरेको कामभन्दा अन्य मुद्दामा केन्द्रीत हुदाँ पनि विपक्षी पार्टीले भाजपाको मुद्धालाई ‘काउन्टर’ दिन गरी गतिलो रणनीति अघि सार्न सकेनन् ।

यस पटक प्रमुख प्रतिपक्षी पार्टी कंग्रेसका अध्यक्ष राहुल गान्धीले भाजपालाई बलियो टक्कर दिने आकंलन गरिएको थियो । भाषण कलामा सुधार गरेका र राजनीतिक रुपमा प्रतिभावान बहिनी प्रियकांलाई पद दिएरै निर्वाचनमा सारेको भए पनि त्यो पर्याप्त भएन ।

निर्वाचन अघि केही महत्वपूर्ण राज्यमा गठबन्धन निर्माण नगर्नु उनको सबैभन्दा ठूलो भूल सावित भयो ।  

सबैभन्दा धेरै संसदीय सिट भएको उत्तर प्रदेशमा कंग्रेस ‘महागठबन्धन’मा सामेल हुन सकेन । त्यस्तै दिल्लीको आम आद्मी पार्टी र बंगालको त्रिमुल कंग्रेससँग पनि गठबन्धनको लागि प्रयाप्त प्रयास गरेको देखिएन ।  

प्रतिक्रिया दिनुहोस