लागूऔषध कारोबार

लागूऔषध बेच्ने हातमा हतकडी, दुई छोरा दुर्व्यसनी, श्रीमान एक्लिए

सफल खबर संवाददाता

विहीबार, ०९ जेठ २०७६, ११ : ४६
लागूऔषध बेच्ने हातमा हतकडी, दुई छोरा दुर्व्यसनी, श्रीमान एक्लिए

काठमाडौं । पैसाको पछाडि कुद्ने मानिसको दौड सम्भवत मसानघाट वा कारागारमा गएर टुंगिन्छ । गैरकानुन िकामबाट सम्पत्ति आर्जन गनेृहरु जेल पुगेर रोकिन्छन् । गैरकानुनी काम नगरेपनि कसरी हुन्छ पैसा कमाउँ भन्नेहरुको यात्रा मसानघाटमै गएर टुंगिने त हो ।
यहाँ एउटा यस्तै पात्रको चर्चा गर्न लागिएको छ, जसले पैसा कमाउन गैरकानूनी बाटो समातिन् । अन्ततः उनको हातमा हतकडी लागेको छ । यो यात्रामा उनले श्रीमानको साथ गुमाइन् भने दुई छोराहरु लागूऔषधको दुव्र्यसनी बने । आफ्नो घरबाट लागूऔषध कारोबार सञ्चालन गर्दै आइरहेकी ती महिला हुन्, काठमाडौँ वडा नम्बर १६ बस्ने ५० वर्षीया साबित्री श्रेष्ठ ।
लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरेको हो । लागू औषध डाईजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्पुल गरी जम्मा १७११ एम्पुल र लागू औषध बिक्रि वितरण गरी संकलन गरिएको एक लाख ४१ हजार रुपैयाँ सहित श्रेष्ठलाई नयाँ बसपार्कबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिए । 
प्रारम्भिक अनुसन्धानको क्रममा श्रेष्ठले विगत ६–७ वर्षदेखि नियन्त्रित लागू औषध भारतीय सीमा नाकाबाट मगाउने र आफ्नै घरबाट लागू औषध सेवन कर्ताहरुलाई बिक्रि वितरण गर्ने गरेको खुलेको एसएसपी लामाले बताए । 
श्रेष्ठका २ छोरा समेत लागू औषध सेवनकर्ता रहेको खुल्न आएको छ । उनका एक छोरा ३५ वर्षीय र अर्को छोरा २४ वर्षका रहेका छन् । आमाले कारोबार गर्न थाले पछि छोराहरुले लागू औषध सेवन सुरु गरेको प्रहरीको भनाई छ । उनीहरु पनि कारोबारमा संलग्न थिए । श्रेष्ठका श्रीमान् भने सरकारी जागिरे हुन् । उनी अलगै बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस