देवी ज्ञवालीले प्रचण्डलाई भने : " चुनाव जितेपछि चितवनको ठेक्का विक्रम पाण्डेलाई नै पार्दिनु होला "

आइतबार, २६ कार्तिक २०७४, १२ : ५५
देवी ज्ञवालीले प्रचण्डलाई भने : " चुनाव जितेपछि चितवनको ठेक्का विक्रम पाण्डेलाई नै पार्दिनु होला "

चितवन । नेकपा एमालेका नेता देवी ज्ञवालीले गुण्डा र ठेकेदारबाट चितवनको विकास हुन नसक्ने बताएका छन् । चितवनको मंगलपुरमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै ज्ञवालीले ठेकेदारबाट राप्रपा (प्रजातान्त्रिक)का नेता तथा चितवन क्षेत्र नम्बर ३ का उमेदवार विक्रम पाण्डे राजनीतिमा आएको बताउँदै चितवनको विकास हुन नसक्ने बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका चुनावी कमान्डरसमेत रहेका ज्ञवालीले भने, ''एउटा गुण्डा सुरुमा पैसा कमाउन ठेकेदारको पछि लाग्छ, ठेकेदारले ठेक्का पार्न गुण्डा प्रयोग गर्छ । पछि त्यही गुण्डा आफैं ठेकेदार हुन्छ र ठेक्का पार्छ । जब ठेक्का पार्न राजनीतिक पहुँच आवश्यक ठान्छ, अनि ठेकेदार राजनीतिमा आउँछ र चुनाव लड्छ । नेपालमा त्यस्ता गुण्डा ठेकेदार हुँदै राजनीतिमा आएका छन् । संयोग नै मान्नुपर्छ, विक्रम पाण्डे पनि त्यसरी नै राजनीतिमा आउनु भएको छ । ठेकेदारबाट चितवनको विकास हुन सक्दैन ।''

उनले चितवनको समग्र विकासको लागि प्रचण्डले नै जित्नुपर्ने दाबीसमेत गरे । ज्ञवालीले व्यङ्य गर्दै अगाडि भने, ''यसपटक चितवनको समग्र विकासका लागि प्रचण्डले नै जित्नुपर्छ । विक्रम दाइ ठेकेदार हो, अध्यक्ष प्रचण्ड कमरेड ! चुनाव जितेपछि चितवनको ठेक्का विक्रम पाण्डेलाई नै पार्दिनु होला।"

 

प्रतिक्रिया दिनुहोस