अमेजनको अफर : जागिर छोडेर व्यापार सुरु गर, पैसा कम्पनीले दिनेछ

एजेन्सी

मंगलबार, ३१ बैशाख २०७६, १५ : ११
अमेजनको अफर : जागिर छोडेर व्यापार सुरु गर, पैसा कम्पनीले दिनेछ

संसारको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन सामानको वितरण तीब्र गर्न चाहन्छन् । यसका ‘प्राइम’ सदस्यले सामान अर्डर गरेको दुई दिनभित्र सामान पाउँछन् । अब अमेजन यसलाई एक दिनमा झार्न चाहन्छ । यसका लागि उसले आफ्ना कर्मचारीलाई एउटा अफर दिएको छ – जागिर छोड्नुहोस् र डेलिभरी बिजनेस सुरु गर्नुहोस् । कम्पनी खोल्न र व्यापार सुरु गर्नका लागि अमेजनले ११ लाख बढी रुपैयाँ दिनेछ । जसले यस्तो गर्नेछन् उनीहरुलाई तीन महिनाको तलब पनि दिइनेछ ।

अहिले अमेजन धेरैजसो डेलिरभरी पोस्ट अफिस वा कुरियरमार्फत् गर्दै आएको छ । अब उनीहरु डेलिभरी बिजनेसमा पनि आफ्नो नियन्त्रण चाहन्छ त्यसकारण यस्तो सुविधासहित आएको हो । अमेजनको यो अफर पार्टटाइम र फुलटाइम दुबै कर्मचारीको लागि हो ।

अमेजनले गत वर्ष यस्तै योजना सुरु गरेको थियो । त्यसमा सेनाबाट अवकाशप्राप्तलाई व्यापार सुरु गर्नका लागि कम्पनीले १० हजार अमेरिकी डलर दिन्थ्यो । उक्त स्मिकपछि दुई सयले डेलिभरी व्यापार सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस