सन्दीप सम्मिलित दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

एजेन्सी

शनिबार, २८ बैशाख २०७६, ११ : ५७
सन्दीप सम्मिलित दिल्लीलाई हराउँदै चेन्नई फाइनलमा

एजेन्सी  । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा पुगेको हो । उपाधिका लागि चेन्नईले आइतबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

एक सय ४८ रनको विजय लक्ष्य चेन्नईले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईका लागि ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बानाए । दुवैले समान ५०–५० रन बनाएका थिए । आम्बाती रायडूले २०, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन बनाए । बलिङमा दिल्लीका ईशान्त शर्मा, ट्रेन्ट बोल्ट, अक्षर पटेल र अमित मिश्राले एक एक विकेट लिए । दिल्लीले यस खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई खेलाएन ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय  ४७ रन बनाएको थियो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३८ रन बनाए । कोलिन मुन्रोले २७ , शिखर धवनले १८, कप्तान श्रेयस लेयरले १३, इशान्त शर्माले अविजित १० र सेरफेन रुदरफोर्डले १० रन बनाए । बलिङमा चेन्नईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान दुई दुई विकेट लिए । इमरान ताहिरले एक विकेट झारेका थिए । 

प्रतिक्रिया दिनुहोस