अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

एजेन्सी

शुक्रबार, २७ बैशाख २०७६, १४ : ५५
अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी इतिहासमै बारमा गोली लागेर यतिधेरैको एकैपटक मृत्यु भएको यो पहिलो घटना थियो । (रासस/सिन्ह्वा) 
 

प्रतिक्रिया दिनुहोस