बाबुको क्रिया गर्दै १९ वर्षीया छोरी

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २६ बैशाख २०७६, १४ : ०७
बाबुको क्रिया गर्दै १९ वर्षीया छोरी

प्रतिकात्मक फोटो

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ चमेलीपथमा एक छोरीले बाबुको क्रिया गरिरहेकी छिन् । ४५ वर्षीय बाबु दुर्गा श्रेष्ठको उच्च रक्तचापका कारण मृत्यु भएपछि १९ वर्षीया छोरी अनुजा श्रेष्ठ क्रिया बसेकी हुन् । मृतक दुर्गाका दुई छोरी, श्रीमती र बुबा छन् । जसमध्ये छोरीले क्रिया बस्नु हुँदैन भन्ने मान्यतालाई तोड्दै अनुजा क्रिया बसेकी हुन् । उनीसँगै आमा सर्मिला पनि छुट्टै कोरामा बसेकी छन् । 

मृतकका दाजुभाईका छोराहरु भएपनि छोरी अनुजाले म आफैँ बुबाको क्रिया गर्छु भनेपछि सबैको सल्लाहअनुसार छोरीे अनुजा क्रियामा बसेकी छिमेकी गणेश पौडेलले जानकारी दिए । 

मृतकका जेठी छोरी पुजा श्रेष्ठको विहे भइसकेको छ । अनुजा स्नातकमा अध्ययनरत छिन् । अन्धविश्वास र रुढिवादीले जेलिएको समाजलाई अनुजाले गतिलो उदाहरण प्रस्तुत गरेकी छन् । सबै परिवार र समाजले उनको आँटको प्रशंसा गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस