प्रदेश नम्बर ७ का सांसदको सपथ दिउँसो २ बजे

आइतबार, ०७ माघ २०७४, १३ : १२
प्रदेश नम्बर ७ का सांसदको सपथ  दिउँसो २ बजे

कैलाली । प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यको शपथ ग्रहण दिउँसो २ बजे हुने भएको छ । आइतबार विहान ११ बजेका लागि तय भएको शपथ प्रदेश प्रमुख आउन ढिलाइ भएपछि दिउँसो २ बजेलाई सारिएको हो ।

शनिबार अपराह्न काठमाडौंबाट गाडी चढेर धनगढीतर्फ आएका प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल आइपुग्न ढिला भएपछि शपथको समय सारिएको छ । मौसम खराब भएपछि विमानबाट आउन सम्भव नभएपछि प्रदेश प्रमुख मल्ल शनिबार अपरान्ह ४ बजे सरकारी जीप चढेर धनगढीतर्फ आएका थिए ।

प्रदेश प्रमुख मल्ल कैलाली जिल्ला प्रवेश गरेपछि बौनिया र सोख्खडमा स्वागत भएको छ । प्रदेश सभा सदस्यहरु भने हेलिकप्टर चार्टर गरेर आएका छन् ।

प्रतिक्रिया दिनुहोस