श्रीलङ्का आक्रमण : श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी कम्तीमा १०५ जनाको मृत्यु

एजेन्सी

आइतबार, ०८ बैशाख २०७६, १३ : ४९
श्रीलङ्का आक्रमण : श्रृङ्खलाबद्ध बम बिस्फोटमा परी कम्तीमा १०५ जनाको मृत्यु

आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोट भएको  छ ।
बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो ।

यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ ।

यी बम बिस्फोटमा २४७ घाइते भएका छन् । घाइतेलाई कोलम्बोका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार चीन चर्च र कोलम्बोको एक पाँच तारे होटलसमेत ६ स्थानमा बम बिस्फोट भएको छ ।

कमोच्चादाइस्थित सेन्ट एन्थोनी, बट्टिकोला र काटुआपिटिया चर्चलगायत कोलोम्बोमा सांग्रिला स्टार, किंग्सबरी र सिनेमन ग्रान्ड होटलमा बम बिस्फोट भएको हो ।

धमाकामा विभिन्न विदेशी नागरिक मारिएको र घाइते भएको पनि खबर  छ । सेन्ट एन्थोनीमा हज्जारौं मानिसहरु इस्टरको प्रार्थनाका लागि जम्मा भएकमा थिए ।

एक प्रत्यक्षदर्शीले बीबीसी सिंहलालाई बिस्फोटपछि उनले थुप्रै शवलाई एकमाथि अर्को गरेर खप्टिएको देखेको बताए ।

बिस्फोटपछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । अहिलेसम्म यो हमलाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले सुरक्षा एजेन्सीले बिस्फोटबारे अनुसन्धान गरिरहेको बताए । उनले मानिसहरुलाई गलत समाचारमा विश्वास नगर्न अपिल गरे ।
प्रधानमन्त्री रानिल विक्रमसिंघेले सुरक्षाको विषयमा एक आपतकालीन बैठक बोलाएको बताए ।

श्रीलङ्काका अर्थमन्त्री मंगला समरवीराले ट्वीट गरेका छन्, ‘चर्च र होटलमा इस्टर सन्डे बम बिस्फोटमा निर्दोष मारिएका छन् । यस्तो लाग्छ कि अराजकता फैलाउनका लागि यसलाई निकै व्यवस्थित तरिकाले टुङ्गो लगाइएको छ । ’
श्रीलङ्काका पूर्व राष्ट्रपति एवं विपक्षी नेता महिन्दा राजपक्षेले धमाकाको निन्दा गर्दै यसलाई अमानवीयको संज्ञा दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस