प्रचण्डले भने- " पाण्डे जी मेरो प्रतिस्प्रर्धी होईन " (भिडियो सहित)

शनिबार, २५ कार्तिक २०७४, १७ : ००

 


भरतपुर । संयुक्त बाम गठबन्धन क्षेत्र नं ३ का उम्मेदवार तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाले आफ्नो प्रतिस्प्रर्धी नै नरहेको बताउनु भएको छ । सफल खबर अनलाईनसगंको संक्षिप्त कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्डले आफुसगं प्रतिस्प्रर्धा गर्ने कोही छ जस्तो नलागेको बिचार व्यक्त गर्नुभयो । उहांले भन्नुभयो– बास्तममा चितवन क्षेत्र नं. ३ मा मेरो प्रतिद्धन्द्धी नै छैन भनेपनि हुन्छ । केहि दिन देखि घरदैलो टोल टोलमा जाने कोशिसको क्रममा सो कुरा आफुले बुझेको बताउनुभयो ।

घर दैलो गर्ने बेलमा नेपाली कांगे्रसका धेरै समर्थकले यस पटक तपाईलाई नै भोट हाल्ने हो भन्दै फुल दिई रहेको उल्लेख गर्नुभयो । मैले सोचेको पनि थिईन् र अन्य मानिसले कल्पना गरेका पनि थिएन् त्यस विपरित जनलहर पैदा भएको छ ।

  त्यसकारण मैले मेरो क्षेत्रमा र चितवनको ३ वटै क्षेत्रमा प्रतिद्धन्द्धी कोही पनि देखेको छैन । चितवन जिल्लाको विकासको निम्ति यस पटक चितवन आएको बताउदै दाहाले निर्वाचन जित्न , सांसद हुन नआएको औल्याउनुभयो । यस निर्वाचनमा चितवन जिल्लाका सचेत जनताको अभिमत सहित राष्ट्रको नेतृत्व लिन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस