सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिए

एजेन्सी

शुक्रबार, २९ चैत्र २०७५, १७ : १६
सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिए

काबुल । अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगान सुरक्षाफौजले गरेको कारबाहीमा १८ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा “उरुज्गान प्रान्तमा गरिएको कारबाहीका क्रममा १८ जना भन्दा बढी तालिबान आतङ्ककारी समूहका सदस्यहरु मारिएको” उल्लेख छ ।

कारबाहीका क्रममा भारी र हलुका हातहतियारहरु पनि कब्जा गरिएको विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीका विषयमा तालिबानले केही टिप्पणी गरेको छैन ।  (रासस-सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस