यौन प्यास मेटाउन वेश्यालय छिरेका श्रीमानले आफ्नै श्रीमती भेटेपछि...

एजेन्सी

मंगलबार, २६ चैत्र २०७५, १४ : ०२
यौन प्यास मेटाउन वेश्यालय छिरेका श्रीमानले आफ्नै श्रीमती भेटेपछि...

कुनै कुनै समाचार त सुन्न पनि नसकिने खालका हुन्छन् । बाबुबाट छोरी बलात्कार भएको समाचार त आइरहेका छन्, जुन सुन्न पनि नपरोसजस्तो लाग्छ । श्रीमतीलाई श्रीमानले बलात्कार गरेको समाचार पनि आएकै हुन् । यस्तै खालको समाचारको भीडमा अर्को समाचार बाहिर आएको छ । 
यौन प्यास मेटाउन वेश्यालय छिरेका श्रीमानले आफ्नै श्रीमती भेटेपछि दुवैलाई कस्तो भयो होला ? अथवा हामी दुवै उस्तै भनेर चित्त बुझाए कि !
समाचार नेपालको होइन, छिमेकी देश भारतको । सुन्दा पनि अचम्म लाग्ने । श्रीमान् यौन प्यास मेटाउन एक वेश्यालय छिर्छ । जुन कोठामा ऊ छिर्छ, त्यो कोठामा यौन प्यासको तीर्खा मेटाउन आउँछिन् एक महिला, जुन महिला उनकै श्रीमती हुन्छिन् । दुवैले एकअर्कालाई हर्दा दुबै झसङ्ग हुन्छन् । लाग्छ, कुनै चलचित्रको कहानीजस्तो तर सत्य हो । समाचार लेखेको हो, भारतीय पत्रिका सुपर एक्सप्रेसले । 
श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको कारण के हो त श्रीमान्ले बुझ्न सकेनन् । श्रीमान् यस्तो धन्दामा लागेपछि श्रीमतीपनि यस्तो पेसामा लागेकी पत्रिका लेख्छ । 
श्रीमतीले श्रीमानलाई रातिराति पार्ट टाइर्म काम गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा काम गर्छु भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये श्रीमती पनि एक रहिछन् ।
श्रीमानले सुपर एक्सप्रेसलाई भने– ‘म त हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध त्यसपछि राम्रो भएन ।
श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् । बुझ्दै जाँदा उक्त वेश्यालयमा ती युवतीले आफ्नै कलिलो उमेरकी छोरी पनि वेश्यालयमा राखेकी खुल्न आयो । पुरुषले सहनै सकेनन् र सम्बन्ध बिच्छेद गरे । सम्बन्ध बिच्छेदका क्रममा अदालतमा श्रीमानले बयान दिएका आधारमा पत्रिकाले समाचार लेखेको हो । 

प्रतिक्रिया दिनुहोस