समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

विहीबार, ०४ माघ २०७४, १७ : ५५
समानुपातिकतर्फ प्रदेशसभामा चितवनबाट को–को भए निर्वाचित ?

चितवन । निर्वाचन आयोगले गत मङ्सिर २० र २१ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातकितर्फको विजयी उम्मेदवारको सूचीमा चितवनबाट ७ जना परेका छन् ।
आयोगले आज सार्वजनिक गरेको प्रदेशसभाको समानुपातिकतर्फको सूचीमा चितवनबाट सात जनाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका हुन् ।
सार्वजनिक सूचीअनुसार प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले)बाट पार्वती सिलवाल निर्वाचित भएकी छिन् ।
त्यस्तै नेपाली काँग्रेसबाट मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र गीता वाग्ले समानुपातिकतर्फको सूचीमा परेका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट कञ्चन खनाल र भावना सुवेदीले प्रदेशसभाको लागि चितवनबाट प्रतिनिधित्व गरिरहँदा राप्रपा (प्रजातान्त्रिक)बाट रिना गुरुङ समानुपातिकतर्फबाट प्रदेशसभा सांसद भएकी हुन् ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकसँगै आज निर्वाचन आयोगले समानुपातिकतर्फको सूची सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस