लायन्स क्लब अफ बागीश्वरीमा सन्तोषको नेतृत्व

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, १८ चैत्र २०७५, १८ : ११
लायन्स क्लब अफ बागीश्वरीमा सन्तोषको नेतृत्व

चितवन । लायन्स क्लब अफ बागीश्वरीको सत्रौं अधिवेशनले वर्ष २०१९/२० को लागि सन्तोष श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । 

कार्य समितिको प्रथम उपाध्यक्षमा प्रदीप अधिकारी, द्वितीय उपाध्यक्षमा गणेश बराल, तृतीय उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा नारायणबाबु श्रेष्ठ र कोषाध्यक्षमा इन्दिरा गुरागाईं रहेका छन् । 

कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लव अफ नेपाल डिष्ट्रिक्ट ३२५ बी २ का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्टेड रामप्रसाद भट्ट हुनुहुन्थ्यो । कार्यक्रम क्लवका अध्यक्ष जीवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस