आन्दोलनकारीद्धारा वीरगञ्‍ज भन्सार ठप्प, देशभर आपूर्ति प्रभावित हने त्रास

विहीबार, ०४ माघ २०७४, १३ : ४९
आन्दोलनकारीद्धारा वीरगञ्‍ज भन्सार ठप्प, देशभर आपूर्ति प्रभावित हने त्रास

वीरगञ्‍ज ।  प्रदेश नम्बर २ को अस्थाइ केन्द्र वीरगञ्‍ज माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि वीरगञ्‍ज भन्सार कार्यालय ठप्प भएको छ । सरकारले बुधबार जनकपुरलाई अस्थाइ केन्द्र घोषणा गरेलगत्तै स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका हुन् । बिहीबार बिहानै बीरगञ्जका चोकमा जम्मा भएर स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।

आन्दोलनकारीले रातिदखि नै भन्सार कार्यालय ठप्प पारेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतका अनुसार भन्सार कार्यालय सँगै सवारी साधन र बजार ठप्प भएका छन् ।

भारतबाट आयात हुने पेट्रोलियम पदार्थ लगायत आधाभन्दा बढी सामाग्री आपूर्ति वीरगञ्‍ज नाकाबाट हुने हुँदा त्‍यसले काठमाडौं लगायत मुलुकका विभिन्‍न ठाउँमा अभाव पैदा गर्ने अनुमान बढ्न थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस