आन्दोलित धनुकेटावासीद्धारा क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी

विहीबार, ०४ माघ २०७४, १२ : ००
आन्दोलित धनुकेटावासीद्धारा क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।

सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाउने निर्णय गरेको विरोध जनाउँदै बिहीबार बिहानैदेखि सडकमा निस्किएका प्रदर्शनकारीले  क्षेत्रीय  प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । साथै प्रदर्शनकारीले  विभिन्न सरकारी  कार्यालयमा तोडफोड समेत गरेको छन ।

 स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् ।

सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो । राती मसाल जुलुश निकालेर सरकार बिरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ ।

प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटाबासीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस