सरकारको निर्णयको विरोधमा वीरगन्ज बन्दको घोषणा

विहीबार, ०४ माघ २०७४, १० : ४६
सरकारको निर्णयको विरोधमा वीरगन्ज बन्दको घोषणा

वीरगन्ज । सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेपछि  देशका विभिन्न ठाउँमा बिरोध सुरु भएको छ । प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन सुरु भएको छ ।
स्थानीय, नेता कार्यकता तथा अगुवाहरुले विरगन्ज बन्दको आह्वान गरेका छन् । बजारका चोक-चोकमा जम्मा भएर उनीहरुले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने माग गरेका छन् ।
आन्दोलनकारीले एउटा निजी कारमा क्षति पुर्याएका छन् । बन्दका कारण वीरगन्ज क्षेत्रको जनजिवन प्रभावित भएको छ । उक्त क्षेत्र भएर गुड्ने यातायातका साधन प्रभावित भएका छन

प्रतिक्रिया दिनुहोस