प्रदेश ५ को राजधानी कपिलवस्तु माग गर्दै कपिलवस्तु तीन दिन बन्द

विहीबार, ०४ माघ २०७४, १० : ०३
प्रदेश  ५ को राजधानी कपिलवस्तु माग गर्दै  कपिलवस्तु तीन दिन बन्द

कपिलवस्तु । बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै छिमेकी जिल्ला कपिलवस्तुमा पनि आन्दोलन चर्किएको छ ।

प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको बिरोध गरेको छ ।

समिति संयोजक रउफ अहमद खाँद्धारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी तोकिएकोमा दुख प्रकट गरीएको छ ।
त्यसैको विरोध स्वरुप तीन दिन कपिलवस्तु जिल्ला बन्दको घोषणा गरीएको छ ।

प्रतिक्रिया दिनुहोस