वीरेन्द्र क्याम्पसमा ‘होली हंगामा’

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, ०४ चैत्र २०७५, १६ : ४३
वीरेन्द्र क्याम्पसमा ‘होली हंगामा’

चितवन । वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरमा ‘होली हंगामा’ कार्यक्रम भएको छ । सोमबार नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइको आयोजनामा भएको होली हंगामामा विद्यार्थीहरुले होलीका गीतमा धमाका नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले वर्तमान सरकारले नेपाललाई सत्यको हार हुने बाटोमा हिँडाएको आरोप लगाउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभापति श्रेष्ठले विद्यार्थीहरु मिलेर सरकारलाई खबरदारी गर्नुपर्न बताउनुभयो । उहाँले फागुपूर्णिमा असत्यमाथि सत्यको विजयको पर्व भएको बताउँदै विद्यार्थीहरुलाई भड्किलो पारामा नभई सभ्य भएर होली खेल्न आग्रह गर्नुभयो । 

कार्यक्रममा विद्यार्थी नेताहरुले होली पर्वमा भित्रँदै गएको विकृतिलाई रोक्न विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए ।

क्याम्पस इकाई समितिका नेविसंघ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका पूर्व पार्टी सभापति रामकृष्ण घिमिरे, नेपाली काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, जिल्ला कार्यसमिति सदस्य देवकी गौतम, नेपाल विद्यार्थी संघ चितवनका सभापति सूर्य ढकाललगायतले होली पर्वका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस