मेलम्चीले उठायो नारायण गोपालको सालिक , सामाजिक सञ्जालमा भाइरल

पत्रपत्रिकाबाट

शनिबार, २५ कार्तिक २०७४, ०७ : ४०
मेलम्चीले उठायो नारायण गोपालको सालिक , सामाजिक सञ्जालमा भाइरल


नारायणगोपल चोकबाट केही समय पहिले रातारात स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको सालिक हट्यो ।

वरिपरीका सबै चकित परे । करिब एक महिना भइसक्दा पनि सालिक प्रतिस्थापन नहुँदा सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।

सालिक हटेपछि नारायणगोपालको नाम लेखिएको पिल्लर उल्टो पारेर सडक छेउमा मिल्काएको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भयो । संगीतकर्मीबीच पनि हलचल मच्चियो ।


प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले सरकारी स्रोतसँग कुराकानी गरिरहेको बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस